काठमाण्डौ । ‘एनआईबिएल म्युचुअल फन्ड’अन्तर्गत सञ्चालन हुने पाँचौँ योजना ’एनवाईबिएल ग्रोथ फन्ड’ गत पुस ७ गतेबाट सार्वजनिक निष्कासनमा रहेको छ। योजनाको सार्वजनिक निष्कासन पुस २१ गतेसम्म रहनेछ।

यसअघि निष्कासित अन्य समूहिक लगानी कोष योजनाहरुको तुलनामा यस योजनामा लगानीकर्ताहरु उत्साहपूर्वक सहभागिता बढ्दै गइरहेको र सेयर बजारमा आएको शिथिलताको बाबजुद सार्वजनिक निष्कासनको चौथो कार्यदिन दिनसम्ममा यस योजनाको कुल १६ करोड इकाइमध्ये ५० प्रतिशतभन्दा बढी ८.६३ करोड इकाइका लागि आवेदन प्राप्त भइसकेको छ। 

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० र अधिकतम १ करोड ६० लाख इकाइका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले (व्यक्ति तथा संस्था यस योजनामा न्यूनतम रु. १ हजारदेखि अधिकतम रु. १६ करोडसम्म लगानी गर्न सक्नेछन्। लगानीकर्ताहरुले आफ्नो सी–आस्बा खाता रहेको बैंक वा मेरो सेयरमा लगइन गरी अनलाइन आवेदन दिन सक्नेछन्। योजनाको विवरण पुस्तिका एनआईबिएल एस क्यापिटल र नेपाल धितोपत्र बोर्डको वेबसाइटमा समेत राखिएको छ।

यस योजनाको समयावधि १० वर्षको रहेको छ। यो हालसम्मकै सबैभन्दा ठूलो म्युचुअल फन्ड योजनाको सार्वजनिक निष्कासनसमेत रहेको छ। योजनाको अवधिभर यस योजनाले वार्षिक प्रतिफलका रुपमा २०. २५ प्रतिशत प्रतिफल आफ्ना इकाइधनीलाई दिनसक्ने प्रक्षेपणसमेत गरेको छ।