काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआईबिएल म्युचुअल फन्ड’अन्तर्गत सञ्चालन हुने पाँचौँ योजना ‘एनआईबिएल ग्रोथ फन्ड’ को सार्वजनिक निष्काशन यही पुस ७ गतेबाट खुला भई पुस २१ बाट बिक्री बन्द भएको छ।
सार्वजनिक निष्कासन अवधिभरमा यस योजनामा ४५ लाख ८३३ जना विभिन्न संस्था तथा सर्वसाधारण लगानीकर्ताबाट कुल १ अर्ब ३२ करोडभन्दा बढीको इकाइ खरिदका लागि आवेदन परेको छ।
वर्तमान तरलताको अवस्था साथै समग्र आर्थिक तथा पुँजी बजारको गतिविधिहरुमा देखिएको सुस्तताका बाबजुद यस योजनामा आमलगानीकर्ताहरुको उत्साह प्रदक सहभागिता देखिएको छ। जुन प्रकारको उत्साह यसअघि हालै निष्कासित केही फन्डका योजनाहरुमा देख्न पाइएको थिएन। जसको प्रमुख कारणका रुपमा ‘एनआईबिएल म्युचुअल फन्ड’ अन्तर्गत हाल सञ्चालित योजनाहरुले आफ्ना इकाइधनीहरुलाई निरन्तर रुपमा प्रदान गरिरहेको प्रतिफलका बीच लगानीकर्तामा यस फन्डका योजनाहरुप्रति स्थापित उच्च विश्वास रहेको पाइएको छ।
दसवर्षे समयावधिका लागि जारी गरिएको ‘एनआईबिएल ग्रोथ फन्ड’का इकाइहरु नेपाल स्टक एक्सचेन्जमा उक्त समयावधिसम्म सूचीकृत भई दोस्रो बजारमा कारोबार गर्न सकिने जानकारी योजना व्यवस्थापकले गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago