काठमाण्डौ । एनआईसी एसिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड’ले निष्कासनको अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले गत वैशाख २९ गते यो बन्दमुखी योजनालाई निष्कासनको अनुमति दिएको हो।
बोर्डको अनुमतिसँगै अब यो योजनाको १ अर्ब रुपैयाँबराबरका इकाइहरुको सार्वजनिक निष्कासन गरिनेछ।
यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गरिनेछ।
एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको कोष प्रवर्द्धकमा एनआईसी एसिया बैंक र योजना व्यवस्थापकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago