काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड’ का इकाइहरु यही जेठ १९ गतेबाट बिक्री खुला गरिने भएको छ।
कोष प्रवर्द्धक एनआईसी एशिया बैंक र योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल रहेका यस बन्दमुखी योजनाका १० रुपैयाँ अंकित दरका कुल १० इकाइ बिक्री गरिन लागेको हो। कुल इकाइमध्ये बीजपुँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाइको १५ प्रतिशत इकाइ एनआईसी एसिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइको सार्वजनिक रुपमा बिक्री गर्नका लागिएको छ।
यस योजनामा सर्वसाधारण न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइ खरिदका लागि आवेदन पेस गर्न सक्नेछन्।
यो योजनाको निष्कासन बन्द छिटोमा जेठ २४ गते हुनेछ। यो अवधिमा सम्पूर्ण इकाइ बिक्री नभएको खण्डमा असार २ गतेसम्म खरिद आवेदन पेस गर्न सकिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट आवेदन दिने सकिनेछ।
सातवर्षे यो योजनालाई नेपाल धितोपत्र बोर्डले गत वैशाख २९ गते निष्कासन अनुमति दिएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19