काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित खुलामुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड’मा लाभांश पुनः लगानी योजनाका लागि आवेदन खुला गरिएको छ।
योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलका अनुसार डाइनामिक डेप्ट फन्डका इकाइधनीहरुलाई आर्थिक वर्ष २०७८–७९का लागि ६ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने घोषणा गरेको छ। उक्त प्रतिफललाई पुनः लगानी गर्न मिल्ने गरी क्यापिटलले लाभांश पुनः लगानी योजना सञ्चालन गरिरहेको छ।
यो योजनामा सहभागी हुनका लागि एनआईसी एसिया क्यापिटलको वेबसाइट वा सोझै https://bit.ly/3Ef0Kvw मा क्लिक गरी रितपूर्वक विवरण भरी योजनाबाट प्राप्त प्रतिफल रकमबराबरको इकाइ सम्बन्धित इकाइधनीको हितग्राही खातामा पठाइदिने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ। यो योजनामा सहभागी हुन इकाइधनीहरुले यही कात्तिक ३० गतेसम्म आवेदन दिनुपर्ने क्यापिटलले जनाएको छ।
यो योजनामा सहभागी नहुने इकाइधनीहरुका हकमा भने उक्त प्रतिफलबापतको रकम कात्तिक ३० गतेपछि सम्बन्धित इकाइधनीहरुको हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा गरने क्यापिटलले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago