काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी एसिया ग्रोथ फन्ड–२ले निष्कासन अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले उक्त म्युचुअल फन्डका इकाइहरु निष्कासनका लागि अनुमति दिएको हो। 

सेबोनको अनुमतिसँगै अब उक्त योजनाको १ अर्ब रुपैयाँबराबरको इकाइ निष्कासन गरिनेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गरिनेछ। 

यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा एनआईसी एसिया क्यापिटल र कोष प्रवर्द्धकमा एनआईसी एसिया बैंक रहेको छ।