काठमाण्डौ । एनएमबि क्यापिटल लिमिटेडले एनएमबि म्युचुअल फन्डअन्तर्गतको अर्को म्युचुअल फन्ड ’एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड २’ आज साउन २६ गतेदेखि निष्कासन गरेको छ।
प्रतिइकाइ १० रुपैयाँ दरको १२ करोड इकाइ निष्कासन गर्न गरिएको हो। निष्कासन गरिका कुल इकाइमध्ये १४ प्रतिशत अर्थात १ करोड ६८ लाख इकाइ कोष प्रवर्द्ध्धक कम्पनी एनएमबि बैंक र १ प्रतिशत इकाइ अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइएको छ। लगानीकर्ताले बाँकी रहेको १० करोड २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन्।
यो योजनाको निष्कासन बन्द छिटोमा साउन ३१ गते हुनेछ। यो अवधिभित्र मागबमोजिम आवेदन नपरेको खण्डमा भदौ ९ गतेसम्म निष्कासन खुला राखिनेछ।
यस योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले मेरो सेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
एनएमबि सुभल इन्भेष्टमेन्ट फन्ड २ एक बन्दमुखी योजना हो। यस योजनाको अवधि इकाइ बाँडफाँट भएको मितिले १० वर्षको हुनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19