काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘एनएमबि सरल बचत फन्ड–ई’ले थप १ अर्ब रुपैयाँको इकाइ निष्कासन गर्ने अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार (वैशाख १९ गते) यो योजनालाई थप १ अर्ब रुपैयाँको इकाइ जारी गर्न अनुमति दिएको हो। योसँगै योजना व्यवस्थापकले १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गर्नेछ। 

यसअघि २०७८ भदौमा यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइमध्ये प्रथम चरणमा ४ करोड इकाइ बिक्री खुला गरिएको थियो। निष्कासन गरिएका इकाइमध्ये योजनाको कुल आकारको १४ प्रतिशत इकाइ अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाइ योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

यो खुलामुखी योजना हो। यसको नेप्सेमा कारोबार हुँदैछ। यसका इकाइहरु योजना व्यवस्था आफैँले कारोबारमा ल्याउँछ। 

खुलामुखी योजनाका परिपक्व अवधि हुँदै। योजना व्यवस्थापकले आवश्यकताअनुसार यस्ता योजनाका इकाइहरु सेबोनको स्वीकृतिमा थप्न सक्ने व्यवस्था रहेको छ।