काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनएमबि सरल बचत फन्ड–इ’ नामक खुलामुखी योजनाका इकाइहरु आज सोमबारदेखि कारोबारमा आउने भएको छ। 

कोष प्रबर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका यस योजनाका इकाइहरुको आजबाट खरिदबिक्री गर्न सकिने भएको हो। योजना व्यवस्थापक एनएमबि क्यापिटलको काठमाण्डौ नागपोखरीस्थित कार्यालयबाट यस योजनाका इकाइहरु खरिदबिक्री गर्न सकिनेछ। 

सातामा ५ दिन आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजदेखि दिउँसो ३ बजेसम्म यो योजनाका इकाइहरु खरिदबिक्री गर्न सकिने क्यापिटलले जनाएको छ। शुक्रबार, शनिबार सार्वजनिक बिदा परेका दिनहरुमा कारोबार बन्द रहनेछ।