काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘एनएमबि सरल बचत फन्ड–इ’ का इकाइहरु अब अनलाइन प्रणालीमार्फत खरिदबिक्री गर्न सकिने भएको छ। 

योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडका अनुसार आज माघ ४ गतेबाट यो खुलामुी योजनाका इकाइहरु अनलाइन प्रणालीबाट खरिदबिक्री गर्न सकिनेछ। शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यो फन्डका इकाइहरु कारोबार गर्न सकिने क्यापिटलले जनाएको छ। 

यसअघि एनएमबि क्यापिटलको काठमाण्डौको नागपोखरीस्थित कार्यालयबाट मात्र यस योजनाका इकाइहरु खरिदबिक्री गर्न मिल्थ्यो। अब भने देश तथा विदेशमा रहेकाहरु लगानीकर्ताले अनलाइन प्रणाली इकाइहरु खरिदबिक्री गर्न सक्ने क्यापिटलले जनाएको छ। 

अनलाइन प्रणालीमार्फत खरिद–बिक्री गर्नका लागि योजना व्यवस्थापकको वेबसाइट www.nmbcl.com.np मा रहेको NMB Saral Bachat Log-in मा गई अथवा क्यूआर कोडमार्फत https://mutualfund.nmbcl.com.np:8445 मा गई आफूले चाहेको सेवा प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ। किनबचे गर्ने तरिका तथा अन्य जानकारी कम्पनीको वेबसाइट, युट्युब च्यानल तथा फेसबुक पेजमार्फत पनि हेर्न सकिने बताइएको छ। 

यस योजनाको विवरणपत्र एनएमबि क्यापिटलको वेबसाइटमा हेर्न सकिनेछ। 

यो योजनाको कोष प्रवर्द्धकमा एनएमबि बैंक लिमिटेड रहेको छ।