काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनएमबि शुलभ इन्भेष्टमेन्ट फन्ड-२’ इकाइहरु साउन २६ गतेबाट बिक्री खुला गरिने भएको छ। 

एनएमबि क्यापिटलले यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुला गर्ने भएको हो। कुल इकाइमध्ये १ करोड ६८ लाख इकाइ वा कुल बिक्री भएको इकाइको १४ प्रतिशत कोष प्रवर्द्धक एनएमबि बैंक तथा १२ लाख इकाइ वा १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी १० करोड २० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले यो योजनामा न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड २० लाख इकाइसम्म आवेदन दिन सक्नेछन्। खरिद आवेदन नेपाल धितोपत्र बोर्डमा इजाजतप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाबाट र सीडीएससीको मेरो सेयरबाट दिन सकिनेछ। 

यो योजनाका इकाइहरुको निष्कासन बन्द छिटोमा साउन ३१ गते बैंकिङ समयपछि हुनेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा भदौ ९ गते बैंकिङ समयसम्म यो योजनाका इकाइहरु बिक्री खुला गरिनेछ।