 
                     
                                
                             
                                    काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ योजनाको लाभांश (प्रतिफल) घोषणा गरिएको छ।
कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि फिफ्टी र एनएमबि हाईब्रिड फन्ड एल–१ को २०७८/७९ का लागि प्रतिफल घोषणा गरिएको हो। यी दुवै योजनाका इकाइधनीहरुलाई समान २१.०५२६३ प्रतिशतका दरले नगद प्रतिफल वितरण गर्ने निर्णय योजना व्यवस्थापकले गरेको छ।
यसैगरी यी दुवै योजनाको प्रतिफल वितरणका लागि योजना व्यवस्थापकले साउन ३१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन ३० गतेसम्म कायम इकाइधनीहरुमात्रै यी दुवै योजनाको घोषित प्रतिफल पाउन योग्य हुनेछन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19