काठमाण्डौ । नेपाल मोबाइल वितरक संघले एमडीएमएस लागू हुँदैमा मोबाइल फोनको मूल्य नबढ्ने स्पष्ट पारेको छ। 

आज पत्रकार सम्मेलन गर्दै संघले यस्तो स्पष्ट पारेको हो। एमडीएमएस लागू भएपछि फोनका मूल्यवृद्धि हुन्छ कि भन्ने जिज्ञासा रहेकोमा संघले मूल्यवृद्धि नहुनेमा ढुक्क हुन उपभोक्तालाई आग्रह गरेको छ।

मोबाइल फोन उत्पादक कम्पनीले संसारभरि फोनको मूल्य र व्यापारीका मार्जिन आफैँ निर्धारण गर्ने हुँदा यो सिस्टम लागू भएपछि मोबाइल फोनका मूल्य नबढ्ने संघले जनाएको छ। 

सरकारले गत जेठ १ गतेदेखि एमडीएमएस लागू गरेको छ। नेपालमा मोबाइल सेटका गैरकानुनी आयात, विक्री वितरण रोक्न तथा यसको प्रयोगलाई सुरक्षित तथा थप व्यवस्थित गर्न एंव चोरी भएका तथा हराएका मोबाइल सेटका ट्रयाकिङ तथा ब्लकिङ गर्न नेपाल दूरसञ्चार प्राधिकरणले यो प्रणाली लागू गरेको हो।