काठमाण्डौ । बैंकिङ क्षेत्रमा नयाँ–नयाँ स्मार्ट सुविधाहरुसहित विभिन्न ट्रेन्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप एमबीएल एम–स्मार्टमा ‘स्मार्ट लोन अगेन्स्ट फिक्स्ड डिपोजिट’ सुविधाको सुरुआत गरेको छ।
यो सुविधाअन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दति निक्षेपबाट चाहेको बखतमा लोन अगेन्स्ट फिक्स्ड डिपोजिट सुविधा प्रयोग गरी मोबाइल बैंकिङ सुविधामार्फत सजिलै कर्जा लिन सक्नेछन्।
विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा कर्जा लिनका लागि बैंकसम्म पुगि विभिन्न कागजात पेस गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा सञ्चालनमा ल्याएको हो।
माछापुच्छ्रे बैंकले ग्राहकलाई खाता खोल्नका लागि बैंकसम्म आउनु नै नपर्ने गरी अनलाइन तथा मोबाइल बैंकिङ एपमार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दति खातामा रुपान्तरण गर्ने र सोही मुद्दति खातामा प्राप्त गर्ने सुविधा लोन अगेन्स्ट एफडी सहज र सरल तरिकाबाट आफूले चाहेको समयमा लिन सक्नेछन्।
यस एमबीएल एम–स्मार्ट एपमा आफैँले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिस्ट्रेसन गर्न सकिने, मोबाइल फोनबाटै खाता खोल्न सकिने, मोबाइल फोनबाट नै कर्जा लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमा नै हेर्न सकिने, नेपाल क्यूआर स्क्यान गरी क्यूआर भुक्तानी गर्न मिल्ने, विभिन्न मोबाइल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ती–पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानीलगायतका सुविधा छन्। बैंकले एमबीएल एम–स्मार्टलाई भर्चुअल शाखाका रुपमा स्थापित गर्दै ग्राहकलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एपमार्फत नवीनतम सुविधाहरु थप्दै ल्याइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19