काठमाण्डौ । कुमारी म्युचुअल फन्डअन्तर्गत सञ्चालिन हुने ‘कुमारी सुनौलो लगानी योजना’का इकाइहरुको कारोबार आज असार ३१ गतेबाट खुला गरिएको छ। 

योजना व्यवस्था कुमारी क्यापिटलले आज एक सूचना प्रकाशित गरी यो म्युचुअल फन्डका इकाइहरु आजबाट खरिद–बिक्री गर्न सकिने जानकारी गराएको हो। 

यो योजनाका इकाइहरु लगानीकर्ताहरुले काठमाण्डौको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय वा क्यापिटलको वेबसाइटमार्फत खरिद–बिक्री गर्न सक्नेछन्। आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार गर्न सकिने क्यापिटलले जनाएको छ। 

क्यापिटलका अनुसार शुक्रबार, शनिबार र अन्य सार्वजनिक बिदाका दिन कारोबार बन्द रहनेछ। यो एउटा खुलामुखी योजना हो।