काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुईवटा योजनाको कात्तिक महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल रहेका कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फन्डको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको हो। जसअनुसार दुवै योजनाको प्रतिइकाइ खुद मूल्य (न्याभ) बढेको छ। 

कुमारी धनवृद्धि योजनाको न्याभ कात्तिकमा सामान्य बढेर १०.१७ रुपैयाँ पुगेको छ। असोजमा न्याभ १०.०२ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत सूचीकृत सेयरमा कात्तिक महिनासम्म ३२ करोड ९० लाख रुपैयाँ बढीको लगानी भएको छ। असोजसम्म यस्तो ३१ करोड ७१ लाख रुपैयाँ बढीको लगानी थियो।

कात्तिकसम्म कुल लगानी भने ५८ करोड ९८ लाख रुपैयाँ बढीको भएको छ। असोजसम्म कुल लगानी ५८ करोड ९ लाख रुपैयाँ बढीको लगानी थियो।

यो योजनाले कात्तिकमा २ करोड ३२ लाख रुपैयाँ नाफा भएको छ। असोजमा ५० लाख ३७ हजार रुपैयाँ बढी नाफा भएको थियो।

यसैगरी कुमारी इक्विटी फन्डको न्याभ कात्तिकमा सामान्य बढेर १०.३८ रुपैयाँ पुगेको छ। असोजमा न्याभ १०.१९ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत सूचीकृत सेयरमा कात्तिक महिनासम्म ५१ करोड ५३ लाख रुपैयाँ बढीको लगानी भएको छ। असोजसम्म यस्तो ५० करोड ६८ लाख रुपैयाँ बढीको लगानी थियो।

कात्तिकसम्म कुल लगानी भने ७४ करोड १२ लाख रुपैयाँ बढीको भएको छ। असोजसम्म कुल लगानी ७३ करोड १४ लाख रुपैयाँ बढीको लगानी थियो।

यो योजनाले कात्तिकमा ४४ लाख ६७ हजार रुपैयाँ नाफा भएको छ। असोजमा १ करोड ४२ लाख रुपैयाँ घाटा भएको थियो।