काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने कुमारी सुनौलो लगानी योजनाको ५० रुपैयाँबराबरको इकाइहरु आउँदो चैत ९ गतेबाट बिक्री खुला गरिने भएको छ। 

कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल रहेका यस योजनाको१० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइहरुमध्ये प्रथम चरणमा ५ करोड इकाइहरु बिक्री खुला गरिने भएको छ। जसमा १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित राखी बाँकी ३ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ। 

यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा ५० लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। इकाइहरु खरिदका लागि लगानीकर्ताहरु सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। 

यो खुलामुखी योजनाको निष्कासन बन्द छिटोमा चैत १३ गते र ढिलोमा चैत २३ गते बैंकिङ समयपछि बन्द गरिनेछ।