काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने कुमारी सुनौलो लगानी योजनाको ५० रुपैयाँबराबरको इकाइहरु आज चैत ९ गतेबाट बिक्री खुला गरिएको छ। 

कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल रहेका यस योजनाको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइमध्ये प्रथम चरणमा ५ करोड इकाइ बिक्री खुला गरिएको हो। जसमा १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ कोष प्रवरद्ध्क कुमारी बैंकलाई सुरक्षित राखी बाँकी ३ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। 

यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा ५० लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। इकाइहरु खरिदका लागि लगानीकर्ताहरु सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। 

यो खुलामुखी योजनाको निष्कासन बन्द छिटोमा चैत १३ गते र ढिलोमा चैत २३ गते बैंकिङ समयपछि बन्द गरिनेछ।