काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने कुमारी सुनौलो लगानी योजनाको ५० रुपैयाँबराबरको इकाइहरु खरिदका लागि आवेदन दिने म्याद लम्बिएको छ। 

यो योजनाका इकाइहरु गत चैत ९ गतेबाट बिक्री खुला गरिएको छ। यो खुलामुखी योजनाको निष्कासन बन्द छिटोमा आज चैत १३ गते हुने भनिएको थियो। तर, अब यस योजनामा चैत २३ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ। 

पर्याप्त आवेदन परेको खण्डमा चैत २३ गतेअगावै यस म्युचुअल फन्डको निष्कासन बन्द गरिने योजना व्यवस्थापक कुमारी क्यापिटलले जनाएको छ। 

यस योजनाको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइमध्ये प्रथम चरणमा ५ करोड इकाइ बिक्री खुला गरिएको छ। जसमा १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित राखी बाँकी ३ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। 

यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा ५० लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। इकाइहरु खरिदका लागि लगानीकर्ताहरु सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।