काठमाण्डौ । कोरोनाभाइरस प्रकोपको रहस्यको केन्द्रमा रहेकी एक चिनियाँ भाइरोलोजिस्टले यो महामारी केवल एउटा सुुरुआतमात्रै भएको चेतावनी दिएकी छन्।

जनावरहरुमा गर्ने आफ्ना विभिन्न अनुसन्धानका कारण ‘ब्याट वुमन’ नामबाट परिचित सी झेंगलीले कोरोनाभाइरसभन्दा पनि खतरानक महामारी अझै आउन बाँकी रहेको दाबी गरेकी छन्। उनले चिनियाँ टेलिभिजन नेटवर्क सीएचटीएनसँगको अन्तर्वार्तामा विश्वका देशहरुले जनावरहरुबाट मानिसमा सर्ने जुुनोटिक रोगहरुमाथि चाँडो नै अनुुसन्धान गर्न सुुरु गर्नुुपर्नेसमेत बताएकी छन्। यसका साथै उनले महामारीको यो घडीमा चीनमाथि दोष थुुपार्नेुुभन्दा अन्तर्राष्ट्रिय सहकार्यका लागि सबै देशहरु एकजुुट हुुनुुपर्ने सल्लाह दिएकी छन्। 

वुुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा कार्यरत झेंगलीले सम्पूर्ण विश्व वर्तमानको महामारीसँग जुुधिरहँदा योभन्दा पनि खतरनाक र नयाँ भाइरसहरु देखिन सक्ने सम्भावना उच्च रहेको बताइन्। “यदि हामी मानव जातिलाई भविष्यमा देखिन सक्ने नयाँ संक्रामक रोगको प्रकोपबाट बचाउन चाहन्छाँै भने हामीले प्रकृतिमा रहेका जंगली जनावरहरुले मानिसलाई सार्न सक्ने सम्भावित भाइरसहरुबारे पहिले नै जान्न र सबैलाई यसबारे सचेत गराउनुु जरुरी छ”, उनले भनिन्, “यदि हामीहरुले यी भाइरसहरुबारे अध्ययन र अनुुसन्धान गरेनौँ भने भविष्यमा अर्काे सम्भावित प्रकोप देखिन सक्छ।” 

कोरोनाको उद्गमथलो वुुहानमा कोरोनाको प्रकोप देखिन थालेपछि झेंगलीलाई त्यहाँ डाकिएको थियो। सुुरुआतमा उनले यो भाइरस कतै आफू काम गर्ने प्रयोगशालाबाट लिक भएको हो कि भनेर डराएको र पछि अनुुसन्धानबाट कोभिड १९ को जेनेटिक प्रयोगशालाको भाइरससँग मेल नखाएपछि राहतको सास लिएको बताइन्। 

अन्तर्वार्ताका क्रममा झेंगलीले सामाजिक सञ्जालहरुमा आफू र आफ्नो परिवारलाई वुुहान प्रयोगशालको अति गोप्य फाइलहरु लिएर पेरिसमा रहेको अमेरिकी राजदूतावासमा शरण लिएको भन्ने अफवाहरुलाई गलत भएको बताइन्। उनले यी झुुठा आरोपहरुमा कुुनै पनि सत्यता नरहेको दाबी गरिन्। उनको टोलीले यो भाइरसको सम्बन्ध दक्षिणी चीनको युुनान राज्यको १ हजार माइल टाढा रहेको चमेरोसँग रहेको भन्ने खुुलासा गरेको थियो। 

साताको अन्त्यतिर शीर्ष वैज्ञानिकहरुको एउटा प्रतिवेदनले यो भाइरस मानिसहरुलाई जानाजानी संक्रमित पार्न फैलाइएको भन्ने उल्लेख गरिएको थियो। जसले यो भाइरस चीनको प्रयोगशालामा विकास भएको हो भन्ने चिन्ता बढाएको छ।

शीर्ष अनुुसन्धानकर्ताहरुको एक समूहले प्रकोपको उत्पत्ति नियाल्नेहरुले यो भाइरस वुुहानको प्रयोगशालाबाट लिक भएको हो भनेर जाँच गर्नुपर्ने उल्लेख गरेका छन्। अस्ट्रेलियाली वैज्ञानिक टोलीका प्रमुुख प्राध्यापक निकोलाई पेट्रोभस्कीले कोरोनाभाइरस जनावरबाट मानिसमा सर्ने खालको सामान्य खालको नभएको र मानव शरीरमा प्रवेश गर्ने यसको असाधारण क्षमता रहेको बताएका छन्।

यसका साथै उनले यो भाइरस चीनको प्रयोगशालाबाट लिक भएको सम्भावनालाई नकार्न नसकिने पनि बताएका छन्। 

डेली मेललाई गत आइतबार दिएको अन्तर्वार्तमा पेट्रोभस्कीले सामान्य रुपमा यदि कुुनै नयाँ भाइरस जनावरबाट मानिस शरीरमा प्रवेश गर्छ भने नयाँ वातावरणमा यसले आफ्नो क्षमता बलियो पार्ने बताएका थिए। यसका साथै कोरोनाभाइरस चीनको प्रयोगशालाबाट लिक भएको हो भनेर ठोकुुवा गर्न सकिने कुुनै पनि प्रमाण अहिलेसम्म नभेटिएको उनले स्पष्ट पारेका छन्। तर यो विषय साम्य नभएसम्म यो सम्भावना भने रहिरहने उनले बताएका छन्। – द सनबाट साभार