काठमाण्डौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विकसित देशहरुले कोरोनाभाइरस महामारीमाथि कसरी लगाम लगाउन सकिन्ने भन्ने कुरा अफ्रिकी देशहरुबाट सिक्नुपर्ने बताएका छन्।

फ्रान्सको एउटा रेडियो च्यानललाई बुधबार अन्तर्वार्ता दिँदै महासचिव एन्टोनियोले महामारीका विषयमा सुरुआती अवस्थामा जुन अनुमान लगाइएको थियो त्यसले अफ्रिकी देशमा निकै कम प्रभाव पारेको बताए। ‘ती देशहरुमा यो भाइरसमाथि लगाम सफलता प्राप्त गर्नुको मुख्य एउटै कारण छ, त्यो हो सही समयमा सही कदम उठाउनु, यो एउटा सबक हो कि विकसित देशहरुले बेलैमा सही निर्णय लिन सकेनन्।’ 

अफ्रिकी महाद्वीपमा कोरोना संक्रमणका कारण हालसम्म ३ हजारभन्दा कम मानिसको ज्यान गएको छ। जब कि संक्रमितको संख्या ८८ हजारको हाराहारीमा छ। 

यता यो भाइरसबाट बुधबार बिहानसम्म विश्वभर ३ लाख २० हजार बढीको ज्यान गइसकेको छ। – एजेन्सी