काठमाण्डौ । सरकारले कोरोना संक्रमण हुनेबित्तिकै बर्बादै भइहाल्यो वा अब बाँचिएन भन्ने गलत सोंच त्याग्न आह्वान गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमण हुने सबैको अवस्था जटिल बनिहाल्ने वा ज्यान नै जाने खतरा बढ्ने परिस्थिति सिर्जना नहुने भन्दै नागरिकलाई धेरै त्रासमा नरहन, तर सचेत चाहिँ बन्न आह्वान गरेका हुन् ।
‘कोरोना संक्रमण हुनेबित्तिकै धेरै बिरामी हुने वा मृत्यु भइहाल्ने हुँदैन ।’ उनले भने–‘८० प्रतिशत संक्रमितलाई कुनै सामान्य लक्षण देखिएर वा नदेखिएरै पनि निको हुनसक्छ । तर त्यस्ताले अरुमा संक्रमण गराउनसक्ने डर हुने भएकोले सचेत हुनुपर्छ ।’
उनकाअनुसार तीमध्ये करिब १० प्रतिशत संक्रमितलाई सामान्य लक्षण देखिने र त्यस्ताका लागि लाक्षणिक उपचार चाहिनसक्छ ।
बाँकी १० प्रतिशतमध्ये ५ प्रतिशतलाई अस्पतालमा राखेर उपचार गर्नुपर्ने हुनसक्छ । बाँकी रहेका ५ प्रतिशतलाई आइसियू, भेन्टिलेटर वा अक्सिजन सपोर्ट चाहिनसक्छ । तीमध्ये पनि १ देखि ३ प्रतिशत संक्रमितको भने मृत्यु हुनसक्छ ।
कोरोना संक्रमण भएका निरोगी व्यक्तिको निधन हुने संभावना न्यून रहेको भन्दै उनले खासगरी वृद्धवृद्धा, मुटु,फोक्सोका दीर्घरोगी, उच्च रक्तचाप, मधुमेह, दम जस्ता रोगीहरु बढी जोखिममा हुने गर्छन् । रोगप्रतिरोधी क्षमता कम भएकाहरुमा संक्रमण भयो भने पनि त्यसको जोखिम बढी हुने गर्छ ।
उनले ८० प्रतिशतभन्दा बढीमा सामान्य लक्षण नै देखिदैन भनिए पनि अहिलेको अवस्थामा घरमै बस्न आग्रह गरेका छन् । अत्यावश्यक काम परेर बाहिर निस्किँदा समेत मास्कको अनिवार्य प्रयोग गर्न, एकअर्काबीच २ मिटरको भौतिक दूरी कायम गर्न, भीडभाड नगर्न वा भीडभाड भएको क्षेत्रमा नजान आग्रह गरेका छन् । बेला–बेलामा साबुनपानीले हात धोइरहन र पानी उपलब्ध नभएको ठाउँमा स्यानिटाइजरको प्रयोग गर्न समेत उनले सुझाएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago