-धर्म मलाशी
काठमाण्डौ । बिजशालाको नियमित साप्ताहिक स्तम्भ ग्राउन्ड जिरोको सिलसिलामा आज हामी हात्तीसार र न्यू प्लाजाका केही ब्रोकर हाउसमा पुुगेका थियौं ।
हात्तीसारस्थित दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युुरिटिज प्रालिमा पुग्दा लामो समय सिथिल रहेको सेयर बजारमा केही सातायता सुुधारका संकेतहरु देखिन थालेकामा आज पनि त्यसले निरन्तरता पाउने आशा लगानीकर्ताहरुले गरिरहेका पाइयो । लगानीकर्ताको उपस्थिति बाक्लै देखियो । गत साताको कारोबारको अन्तिम दिन अर्थात बिहिबार १६३२ मा बन्द भएको नेप्से इन्डेक्स आज सुुरुवाती ३ मिनेटमा ३५ अंकले बढ्यो । नेप्से इन्डेक्स ३ मिनेट मै ३५ अंकले बढेपछि त्यहाँ उपस्थित लगानीकर्तामा उत्साहको सञ्चार भएको देखियो । “लौ हेर्नुुस त ३ मिनेट मै ३५ अंक बढ्यो । आज पनि रेकर्डहरु तोडिने सम्भावना देखियो त ।” एक लगानीकर्ता उत्साहित हुँदै अगाडिको सिटबाट उठे ।
नभन्दै हामीले पनि डिस्प्ले स्क्रिनमा नजर डुुलाउँदा नेप्से इन्डेक्स तीव्र गतिमा चलायमान भइरहेको थियो । १६३२ मा रहेको इन्डेक्स एकै चोटि १६६७ मा पुुगेको थियो । भिडबाट एक लगानीकर्ताले बैंकको सेयर किन्न खोन्दा बिक्रीकर्ता नभेटेको गुुनासो गरेको सुनियो । “धैर्य गनुुर्स अझै चार घण्टा बाँकी नै छ, बिक्रीकर्ता कसो नभेटिएला ?’ उनलाई सान्त्वना दिदै उनका सहपाठीले भने । तीव्र गतिमा बढेको नेप्से इन्डेक्स ३ मिनेट पछि भने घट्ने क्रम सुुरु भयो । “आज करेक्सन हुुन्छ भनेर बजारमा व्यापक हल्ला फैलिएको थियो । साच्चै त्यस्तै हुुन्छ कि के हो ?’ जिज्ञासुु हँुुदै उभिएका एक लगानीकर्ताले प्रश्न तेस्र्याए ।
“करेक्सन त हुुनुुपरिहाल्यो नि, नत्र स्पिडमा मात्रै चल्दा दुुर्घटना भइहाल्छ नि ।” पूर्व लगानीकर्ताको जवाफ दिंदै छेउमै बसेका लगानीकर्ताले मुुख खोले ।
भीडबाट एक लगानीकर्ताले मन्जुुश्रि फाइनान्समा सकिर्ट लाग्यो भनेको पनि सुुनियो । ‘नेपाल लाइफ इन्स्योरेन्सको मूल्य कति बढ्यो हेनुुर्स त ।” एक लगानीकर्ताले अगाडि पंक्तिमा बसेका लगानीकर्तालाई प्रश्न गरे । “१४६२ पुुग्यो । बढिनै राको छ, चिन्ता नलिनुस् ।” अगाडिबाट उत्तर आयो ।
त्यहाँ केही लगानीकर्ता सेयर खरीदबिक्रीमा लागेका देखिन्थे त केही मोबाइलको स्क्रिनमा सेयर बजारमा भइरहेको उतारचढाव नियाल्नमा व्यस्त देखिन्थे ।
करिब ४५ मिनेट जति त्यहाँ व्यतित गरेर हामीले अर्काे गन्तव्यको रुपमा नजिकै रहेको कोहिनुुर इन्भेष्टमेन्ट एण्ड सेक्युुरिटिज प्रालिलाई चुुन्यौ ।
हामी त्यहाँ पुुग्दा नेप्से इन्डेक्स १६४३ अंकमा पुुगेको थियो । ब्रोकर हाउसबाट निक्लने क्रममा रहेका एक लगानीकर्ता संगैका सहपाठीसँग ‘यति नाफा भयो, यति घाटा भयो’ भन्नुु भन्दा चुपचाप सेयर होल्ड गर्ने मनशायमा रहेको भनेर कानेखुुसी गरेको सुुनियो ।
त्यहाँ पनि लगानीकर्ताको बाक्लै उपस्थिति देखियो । सिट नपाएर केही लगानीकर्ता उभिएरै पनि डिस्प्ले स्क्रिनमा नजर सोझाइरहेका थिए । डिस्प्ले स्क्रिनमा प्राय सबैजसो कम्पनीको सेयर मूल्यमा रातो रंग पोतिन थालिसकेको थियो । यत्तिकैमा एक लगानीकर्ताले ‘अब अन्तिममा बढ्ने भनेको माइक्रो र इन्स्योरेन्स सेक्टरको मात्रै हो’ दाबी गरिरहेका सुनियो। उनी सेयर बजारमा आइरहेको निरन्तरको उतारचढावले केही निराश जस्तो देखिन्थे । तर त्यहाँ उपस्थित अन्य लगानीकर्ता भने आज देखिरहेको गिरावटबाट त्यति निराश देखिदैनथे । यो उनीहरुको बडि ल्याङ्गवेज र अभिव्यक्तिबाट पनि प्रस्टै हुन्थ्यो । “आज र भोलि यस्तै उताबचढावको पारामा सेयर बजार बित्छ । पर्सिदेखि भने पुुनः सेयर बजार उकालो लाग्नेछ ।” आत्मविश्वासी हुुँदै एक युुवा लगानीकर्ताले आफ्नो विश्लेषण प्रस्तुत गरे । उनको भनाइमा सहमति जनाउँदै अर्का एक लगानीकर्ताले भने–“हो सहि भन्नुुभयो, माइक्रो, इन्स्योरेन्स, र बैंकिङ समूहको सेयरमूल्य अब आउने दिनमा बढ्ने निश्चित प्राय छ ।”
नेप्से इन्डेक्स निरन्तर ओरालो लागिरहँदा यता लगानीकर्ता भने अनेक अड्कलबाजी लगाइरहेको देखियो । कुुनै एक लगानीकर्ताले वामदेव राष्ट्रिय सभामा गएपछि अर्थमन्त्रीको राजीनामा आउनसक्ने भएकाले त्यो सेन्टीमेन्टले भए पनि सेयर बजारमा उछाल आउने प्रक्षेपण गरेको पनि सुुनियो ।
यत्तिकैमा वोमी लघुुवित्तले २५ प्रतिशत बोनस दिएको चर्चा गरेको सुुनियो । “बोनस दिएर पनि घटिराछ । बोनस दिए पनि घट्छ नदिए पनि घट्छ यसको त।” एक लगानीकर्ताले भनेको सुुनियो ।
बेलाबेलामा लगानीकर्तामाझ विभिन्न कम्पनीको बारेमा चर्चा भएको पनि सुुनिन्थ्यो । सेयर बजारकै गसिपकै क्रममा एक लगानीकर्ताले आफूले नबिल बैंकको सेयर रु.७५० मा खरीद गरेको र अहिले त्यसको मूल्य बढेर ९९० पुुगिसकेको सुनाए ।
त्यसपछि हामी अर्काे ब्रोकरहाउस डाइनामिक्स मनि म्यानेजर्स सेक्युुरिटिजमा पुग्यौ । अन्त जस्तै त्यहाँ पनि लगानीकर्ताको बाक्लै उपस्थिति देखिन्थ्यो ।
हामी त्यहाँ पुुग्दा डिस्प्ले स्क्रिनमा अझै रातो रंगकै दबदबा देखिन्थ्यो । नेप्से इन्डेक्सले ओरालो यात्रा जारी राखिरहँदा कारोबार रकममा भने निरन्तर बढोत्तरी भइरहेको थियो । कारोबार रकम साढे दुई अर्बको हाराहारीमा पुुगेको थियो । केही लगानीकर्ता भने आज कारोबार रकम ५ अर्बको नजिक पुुग्ने अनुुमान गरिरहेका देखिन्थे । सबै समूहको सेयर मूल्य घटिरहँदा अपर तामाकोशीको सेयर मूल्य भने बढिरहेको थियो । यत्तिकैमा एक लगानीकर्ताले अपरको सेयर मूल्य बढ्ने क्रम नरोकिने दाबी पेश गरेका सुनियो ।
अर्का लगानीकर्ताले वोमी लघुुवित्तको सेयर किन्न सुुझाएको पनि सुनियो । केहीबेर हलमा वोमी लघुुवित्तको चर्चा चलिरह्यो । अधिकांशले वोमीले क्यास डिभिडेन्ट कम दिएकोमा गुुनासो गरिरहेका पनि सुनियो । लगानीकर्ताबीच बितेको एक सातामा सेयर बजार बढ्नुुको कारणका बारेमा पनि भलाकुुसारी गरेको सुनियो । “चीनमा कोरोनाभाइरस फैलिएकाले नेपालबाट चीनमा जाने पैसा अड्कीएकाले त्यो पैसा नेपाली सेयर बजारमा ओइरिएर सेयर बजार उकालो लागिरहेको छ ।” एक लगानीकर्ताले सेयर बजार बढ्नुुको बारे आफ्नो धारणा राखे । “त्यसो हो भने कोरोनाभाइरसले चीनको साथ नछोडोस् ” । ठट्यौली पारामा अर्का लगानीकर्ताले हाँस्दै भने ।
‘नेपालमा आयो भने आफैलाई फसाद पर्ला नि हजुुर ।’ एक महिला लगानीकर्ताले हास्दै जवाफ दिइन् । “३३ कोटि देवि देवता भएको देशमा कोरोना त के कोरोनाभन्दा खतरनाक भाइरसले पनि छुुन सक्दैन ।” हास्यरससंगै पूर्ववत लगानीकर्ताले माहौललाई हासोमय बनाइदिए ।
ग्राउन्ड जिरोकै सिलसिलामा हामी नजिकै रहेको अर्काे ब्रोकर हाउस श्रीहरी सेक्युुरिटिजमा पुुग्यौ । बजार घटिरहेकाले त्यहाँ रहेका लगानीकर्तामा बजारको गतिविधिमा भन्दा मोबाइलको स्क्रिनमा बढि ध्यान देखिन्थ्यो । लगानीकर्ताहरु बेफुुर्सदिला जस्ता देखिन्थे । कोही लगानीकर्ता समूह बनाएर हल बाहिर गफगाफमा मस्त थिए । कोही सेयर ट्रेडिङ कक्षमा सेयर खरीदबिक्री गरिरहेका देखिन्थे । कोही नाफाघाटाको लेखाजोखामै व्यस्त देखिन्थे ।
एक महिला लगानीकर्ता मोबाइलमा नेप्सेको साइट खोलेर बजारको ताजा अवस्था नियालिरहेकी थिइन् । यत्तिकैमा उनी संगै रहेका एक लगानीकर्ताले ‘आज बेच्नुु भयो कि किन्नुुभयो’ भनेर प्रश्न गरे । ‘कहाँबाट बेच्नुु, किनियो नि बंैकको ।’ ती महिलाको जवाफ सुनियो।
लगानीकर्तामाझ विश्वका सेयर बजारमा गिरावट आएका समाचारले पनि स्थान पाइरहेको सुनिन्थ्यो । ‘बाँकी विश्वमा घट्दा नेपालमा भने बढ्छ । हाम्रो अर्थव्यवस्था नै उल्टो चल्छ कि के हो ?’ एक लगानीकर्ताले मजाक गर्दै सबैलाई हँसाए ।
अर्का लगानीकर्ताले भारतमा पनि सेयर बजार चौपट भएकाले भारतको पैसा नेपाली सेयर बजारमा आउन सक्ने र यसले बजार बढ्न मद्धत पुुग्ने अड्कल काटे ।
प्रभुु बैंकको सेयर नबढेकोमा त्यहाँ रहेका लगानीकर्ताले गुनासो गरिरहेका सुनियो । ‘प्रभुुको मूल्य त ३ सयदेखि सवा ३ सयसम्म पुुग्नुु पर्ने हो । यो त बढ्ने सुरमै छैन त ।’–एक लगानीकर्ताले निराशा पोखे।
हामीले लगानीकर्ताको कुुरा सुन्दै डिस्प्ले स्क्रिनमा नजर डुुलाउँदा नेप्से इन्डेक्स ओरालो लागिरहेको थियो भने कारोबार रकम भने २७ मिनेट मै ५४ करोडले बढेको देखियो ।
ग्राउन्ड जिरोको अन्तिम गन्तव्यको रुपमा हामी न्युु प्लाजाको किष्टल कन्चनजंघा सेक्युुरिटिज पुुग्यौ । अन्त्यमा जस्तै त्यहाँ पनि लगानीकर्ताको उल्लेख्य उपस्थिति देखिन्थ्यो । हामी त्यहाँ पुुग्दा नेप्से इन्डेक्स १५९५ को विन्दुमा झरिसकेको थियो । प्रायजसो कम्पनीको सेयर मूल्य घटिरहँदा मेगा बैंक, ग्लोबल बैक, एनएमबी बैंकजस्ता बैंकको मूल्य भने बढिरहेको थियो । अझ मितेरी डेभलेपमेन्ट बैकको मूल्यमा त सर्किट लागिसकेको थियो ।
निरन्तर बजार घटिरहँदा केही नवप्रवेशी लगानीकर्ता भने हतोत्साही देखिन्थे । उनीहरुलाई पुुराना र खारिएका लगानीकर्ताले ढाडस दिदै यो केवल करेक्सन मात्रै भएको र बजारमा प्रवेश गरिसकेपछि ‘बजार बढ्छ’ भन्ने मानसिकता बनाउनुु पर्ने र ‘घट्छ’ भन्ने मानसिकता हटाउनुु पर्ने भन्दै सम्झाएको सुुनियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago