काठमाण्डौ । ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ का इकाइहरु भोलि बुधबार बाँडफाँड हुने भएको छ। 

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित लक्ष्मणबाबु भवनमा रहेको कार्यालयमा उक्त योजनाका इकाइहरु बाँडफाँड हुनेछ। इकाइ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ। 

यस योजनाका इकाइहरु गत असार २२ गतेबाट साउन ४ गतेसम्म बिक्री गरिएको थियो। जसअनुसार यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड २० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिएको थियो।