काठमाण्डौ । ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘ग्लोबल आइएमई समुन्नत योजना–२’को निष्कासन गरिने भएको छ। 

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले उक्त म्युचुअल फन्डको निष्कासन अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको हो। 

सेबोनले अनुमति दिएमा यो योजनाको कुल १ अर्ब २० रुपैयाँबराबरको इकाइ बिक्री गरिनेछ। जसअनुसार यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ जारी गरिनेछ। 

यो बन्दमुखी योजना हो। यसको कोष प्रबर्द्धकमा ग्लोबल आइएमई बैंक रहेको छ।