काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न चुनौतीपूर्ण रहेको बताएका छन्। 

आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले कोभिड–१९ ले अर्थतन्त्रमा आएको सुस्तताले आर्थिक वृद्धिको लक्ष्य भेटाउन चुनौतीपूर्ण हुने बताएका हुन्। यसअघि केन्द्रिय तथ्यांक विभागले चालु आवमा ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। त्यसअघि बजेट ७ प्रतिशतको हारामारीमा आर्थिक वृद्धि हुने अनुमान गरेको थियो।

कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावका कारण अब लक्षित आर्थिक वृद्धिदर चूनौतीपूर्ण रहेको अर्थमन्त्री पौडेलले सुनाए। गत आव २०७६/७७ मा नेपाल आर्थिक वृद्धिदर २.१२ प्रतिशत ऋणात्मक थियो।