Nepal Stock Exchange
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको ‘टाइप मिस्टेक’ प्रकरणले बजारको व्यवस्था नै परिवर्तन हुुने गरी उथलपुुथल भएको छ ।
‘टाइप मिस्टेक’ प्रकरणमा धितोपत्र बोर्डले भदौ १ गतेको कारोबार रद्ध गर्न आदेश दिएसँगै नेप्सेले सो दिनको इन्भेष्टमेन्ट बैंकका सम्पूर्ण कारोबार रद्ध गरिसकेको छ ।
इन्भेष्टमेन्ट बैंकको २१ गतेको सबै कारोबार रद्ध गर्न निर्देशनसँगै बोर्डले यो प्रकरणमा नेप्सेको समेत कमजोर भूमिका रहेको उल्लेख गर्दै ७ दिनभित्र स्पष्टीकरण दिन आदेश दिएको थियो ।
बोर्डले दिएको ७ दिनको समयसीमा बाँकी छदै नेपाल स्टक एक्सचेञ्जले घुुमाउरो रुपमा आफ्नो बजारको साबिकको व्यवस्था तथा फितलो नियम समेत टाइप मिस्टेक प्रकरणको जन्मदाता भएको स्वीकार गर्दै सूचिकृत सबै कम्पनीका सीइओ र कम्पनी सचिवलाई कडा परिपत्र गरेको छ।
भदौ ३० गते गरिएको नेप्सको सो परिपत्रमा कतिपय कम्पनीहरुले अस्पष्ट र अपूर्ण सूचना दिने गरेका, यसबाट सर्वसाधारण लगानीकर्तामा अन्यौल सिर्जना भएको निश्कर्ष छ । यही कुरालाई उल्लेख गर्दै धितोपत्र सूचिकरण सम्झौता अनुसार सूचिकृत कम्पनीहरुले नेपाल स्टक एक्सचेञ्जलाई सम्प्रेषित हुने सूचनामध्ये सेयर दाखिला खारेज(बुक क्लोज) सम्बन्धी सूचना पठाउँदा केही कडा व्यवस्था गरेको छ ।
जसअनुसार अब सूचिकृत कम्पनीहरुले सूचना नेप्सेमा पठाउँदा यी बिषयमा ध्यान दिनुपर्छ:
नेपाल इन्भेष्टमेन्ट बैंकले भदौ २१ गते बुुधबार गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरणको क्रममा गम्भीर त्रुटि गरेको थियो । सुरुमा सो बैंकले नेप्सेलाई २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको निर्णय भएको जानकारी पठाएको थियो । नेप्सेको वेबसाइटमा सो जानकारी प्रकाशित भएपछि बैंकको बजार मूल्यमा एकाएक बढोत्तरी भएको थियो । तर, त्यसको ४५ मिनेटपछि इन्भेष्टमेन्ट बैंकले पहिलाको सूचनामा टाइप मिस्टेकका कारण उल्टो हुन गएको भन्दै २५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयरको चाहि निर्णय भएको दाबी गरेको थियो । नेप्सेले पनि बैंकको नियतमाथि कुनै शंका नै नगरी ४५ मिनेटको अवधिमा दुुई फरक फरक आशयको सूचना जस्ताको तस्तै प्रकाशित गरिदिएको थियो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago