काठमाण्डौ । कुमारी बैंक लिमिटेडले बडादसैैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खातामा विभिन्न आकर्षक सुविधासहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।
 
उक्त कम्पनीले ‘टिका अघि नै दक्षिणा’ योजना ल्याई महान चाड दसैंको हर्षोल्लासका अभिवृद्धि गर्ने बताएको छ । उक्त योजनामा कार्ड तथा मोबाइल बैंकिङ्गमार्पmत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०/ ५० जनालाई बैंकद्वारा २५ प्रतिशत  अर्थात् अधिकतम ५०१ रुपैयासम्म क्यासब्याक दिइने छ । क्यासब्याक रकम पीओएस, क्यूहार पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिनेछ । 
 
कम्पनीले चाडबाडको  अवसरमा नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी असोज २८ गतेदेखि कात्तिक ५ गतेसम्म लागू हुने जनाएको छ ।
 
कम्पनीको देशभर रहेका ३०८ वटा शाखा (प्रधान कार्यालय बाहेक), ४९ वटा विस्तारित काउन्टर, ३०९ वटा एटीएम र ६४ वटा शाखारहित बैंकिङ्ग एकाइसहितको बृहत सञ्जाल रहेको छ ।