काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले हरियो सागसब्जी तथा फलफूलबाट कोरोना भाइरस सरेको हालसम्म प्रमाणित नभएको भन्दै ढुक्कले उपभोग गर्न आह्वान गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कतिपय क्षेत्रमा कोरोना सर्ने भन्दै सागसब्जी खाल्डो खनेर गाडिएकोमा आश्चर्य व्यक्ति गरे । ‘तरकारी र फलफूलबाट समेत कोरोना सर्छ भनेर भ्रम फैलाइयो, यो सही होइन ।’ उनले भने–‘सागसब्जी, फलफूल खानाका प्याकेज जस्ता माध्यमबाट कोरोना सरेको प्रमाण छैन । अहिलेसम्म हामीलाई सागसब्जी र फलफूलबाट कोरोना सरेको थाहा छैन ।’
उनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सागसब्जी र फलफूल अझ बढी आवश्यक पर्ने भन्दै कोरोनाको नाममा डिस्पोज नगर्न र ढुक्कले उपभोग गर्न समेत आग्रह गरेका छन् ।
कोभिड १९ भाइरस श्वासप्रश्सावस सर्ने हो । संक्रमितले खोक्दा, बोल्दा, हाँछ्यू गर्दा थुक तथा र्याल उछिट्टिएर अरुमा सर्ने हो । अरुको नाकमुखमा पर्दा वा सतहमा झरेर अरु व्यक्ति त्यसको संसर्गमा जाँदा यो भाइस सर्ने हो ।’ डा. देवकोटाले भने–‘पर्याप्त सुरक्षात्मक उपाय अपनाएर व्यक्तिगत सरसफाईमा ध्यान दिन सके यो भाइरस सर्ने संभावना अत्यन्त न्यून हुन्छ ।’
सरकारले सागसब्जी तथा फलफूल देश भित्र्याउँदा आयातविन्दूबाटै कसरी सुरक्षाको उपाय अपनाउने भन्ने निर्देशिका नै जारी भएको र त्यसको पूर्ण पालना भइरहेको दाबी गर्दै देवकोटाले भने–‘सागसब्जी आयात गर्ने ढुवानीका साधान आयातविन्दूमी पूर्ण निसंक्रमण गरिएको हुन्छ । सागसब्जी ल्याउने तथा ढुवानीको साधन चलाउनेहरुले समेत सुरक्षाको उपाय अपनाएका हुन्छन् । त्यसकारण तरकारी र फलफूलबाट कोरोना सर्ने डर नपाल्नुभए हुन्छ ।’
उनले सागसब्जी र फलफूल किनेर घर ल्याएपछि पानीले राम्रोसँग धोएर मात्र खान समेत आग्रह गरे ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago