काठमाण्डौ । नेपालको अग्रणी अनलाइन मार्केट दराज नेपालले गत भदौ १९ मा हयात प्लेसमा आयोजित कार्यक्रममा आफ्नो नयाँ उद्यम ‘दराज लाइक न्यु’ (डीएलएन)को सुरुआत गरेको घोषणा गरेको थियो। कार्यक्रमलाई विभिन्न मिडिया आउटलेटका प्रमुख अतिथिर समर्पित ई–वेस्ट अधिवक्ता, उल्लेखनीय सोसल मिडिया इन्फुएन्सरहरुको उपस्थितिले विशेष बनाइएको थियो। बजारमा डीएलएनको परिचयले स्थानीय बिक्रेतालाई सहयोग गर्ने मुल ध्येयका साथ दराजले यो नयाँ उद्यम सुरुआत गरेको हो। प्रयोग गरिएका फोनहरु विक्री गर्नका लागि प्लेटफर्म प्रदान गरेर दराजले स्थानीय उद्यमीहरुलाई सशक्त बनाउँछ । यसले विक्रेताहरुलाई उच्च गुणस्तर, मूल्य र मापदण्डहरु पूरा भएका फोनहरु किन्न सक्षम बनाउँछ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा ई–वेस्ट व्यवस्थापन अभियन्ता डा ज्योति गिरीले दराज र डीएलएनलाई ई–वेस्ट  न्यूनीकरण गर्नको लागि गरिएको भूमिकाका लागि प्रशंसा गरेका थिए। त्यसैगरी डीएलएनका लागि दराज प्लेटफर्ममा बिक्रेता तथा “सबको फोन”का संस्थापक उत्तम काफ्लेले प्रयोग भएका फोनको बिक्री–वितरणमा ढाढस पुग्ने भन्दै प्लेटफर्म उपलब्ध गराएकोमा दराजप्रति आभार व्यक्त गरे।

पारदर्शिता र कार्य सम्पादनसम्बन्धी विषयमा डीएलएनले प्रयोग गरिएको फोनहरु प्रदान गर्ने मात्र भन्दा पनि ग्राहकको लगानीमा पारदर्शिता प्रदान गर्नका लागि भ्याट बिल समावेश हुन्छ। जसले ग्राहकहरुलाई उनीहरुको लगानीमा अन्तर्दृष्टि दिन्छ। दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले किनमेलमा मात्र नभई समाजमा योगदान पुर्याउन पनि परिवर्तनको पहल पनि गर्न दराज सधैँ अगाडि रहेको बताइन्। ‘हामीले हाम्रो प्लेटफर्ममार्फत गुणस्तरीय प्रविधि धेरैभन्दा धेरै मानिसलाई पहुँचयोग्य बनाउँदै अव्यवस्थित बजारलाई व्यवस्थित गराउदै दिगोपनलाई पनि सन्तुलनमा राख्ने लक्ष्य राखेका छौँ’, उनले भनिन्। 

दराज लाइक न्युले टेक बजारमा नयाँ परिर्वतन, गुणस्तर र लाभदायी मूल्यमा सामान प्रदान गर्ने प्रणय गरेको छ। यस पहलले अब ग्राहकलाई प्रयोग गरिएका फोनहरुको अवधारणा उजागर गराउँदै उनीहरुमाझ यसप्रतिको विश्वास र सन्तुष्टि जगाउने निश्चित नै देखिन्छ। यही पहलमार्फत दराज नेपालले टेक बजारमा गुणस्तरीय, किफायती, र दिगो उन्नतितर्फ अग्रसर गराउने योजना तयार गरेको छ भन्नेमा कुनै दुईमत नै छैन।