काठमाण्डौ । नेपालीको महान चाड बडादसैँका अवसरमा सानिमा बैंकले ग्राहकका लागि ‘दसैँ धमाका’ योजना सार्वजनिक गरेको छ।

अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैँकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ। यो योजनाअन्तर्गत सानिमा बैंकको डेबिट तथाक्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन्। योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘फर्स्ट कम फर्स्ट सर्भिस’ का आधारमा छुट प्रदान गरिने बैंकले स्पष्ट पारेको छ। 

यो योजना यही आज असोज १९ गतेदेखि कात्तिक २ गतेसम्म दुई साताका लागि लागू हुने बैंकले जनाएको छ। 

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टरर र ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।