काठमाण्डौ । थापाथलीस्थित दि ब्रिटिस कलेजले आज बुधबारदेखि ‘दि ब्रिटिस कलेज जब फेयर’ सुरु गरेको छ।
दि ब्रिटिस कलेज वार्षिक रुपमा आयोजना गर्दै आएको यो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको हो। यो कार्यक्रम ट्रेड टावरमा भोलि बिहीबारसम्म सञ्चालन हुनेछ।
जब फेयरमा गोल्ड स्टार, सस्तो डिल, सिजी, लक्ष्मी ग्रुप, दराजलगायत झन्डै ४० वटा प्रतिष्ठित कम्पनीले विभिन्न स्थानका लागि विद्यार्थीलाई जब अफर गरेका छन्। झन्डै ५०० जना विद्यार्थीले सहभागी हुने प्रक्षेपण गरिएको कार्यक्रममा विद्यार्थीले विभिन्न पदका लागि अन्तर्वार्ता दिन सक्ने छन्।
दि ब्रिटिस कलेजमा अध्ययनरत साथै पास आउट विद्यार्थीले पनि जबका लागि अन्तर्वार्ता दिन सक्नेछन्।
बीबीए, आईटी, बीआईटी, बीएचएमलगायतका संकायका विद्यार्थीले विभिन्न पदका लागि आवेदन साथै अन्तर्वार्ता दिन सक्नेछन्। कम्पनीका प्रतिनिधिहरुले विद्यार्थीहरुको अन्तर्वार्ता आज र भोलि ट्रेड टावरस्थित दि ब्रिटिस कलेजमा नै लिनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19