काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला माविस्थित मतदान केन्द्रबाट मतदान गरेका छन्। 

मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष गोल्छाले सबैले मतदानको अधिकार प्रयोग गर्नुपर्ने बताए। ‘मतदान संविधानले दिएको नैतिक र कानुनी जिम्मेवारी हो’, उनले भने, ‘त्यसैले सबैले आफ्नो अधिकारको प्रयोग गर्नुपर्छ।’ 

गोल्छाले देशलाई परिवर्तन गर्न सक्ने नेतृत्व चयन हुने गरी मतदान गर्न पनि आग्रह गरेका छन्। 

यसैगरी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आज बिहान काठमाण्डौको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्। 

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नेपालको आर्थिक विकासका अजेन्डालाई प्राथमिकता दिने नेतृत्व चयन गर्न आग्रह गरे। निर्वाचन देशको भविष्य निर्माणको पहिलो भएकाले उम्मेदवार चयनमा नचुक्न पनि ढकालले आग्रह गरे।

अन्य उद्योगी–व्यवसायले उत्साहजनक रुपमा आ–आफ्नो मतदान केन्द्र पुगेर मतदान गरिरहेका छन्।