काठमाण्डौ । नेपालका लागि रुसी राजदूत एलेक्से नोविकोभले नेपालले चाहेमा आफ्नो मुलुकले तयार पारेको कोरोनाविरुद्धका भ्याक्सिन छिट्टै उपलब्ध गराउन पहल गर्ने बताएका छन्।
हिजो राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग सिंहदरबारमा भएको शिष्टाचार भेटका क्रममा राजदूत एलेक्सेले यस्तो पहल गर्ने प्रतिबद्धता गरेका हुन्। उनले भने, ‘भ्याक्सिन उपलब्ध गराउन नेपाललाई प्राथमिकतामा राख्न पहिल गर्न सकिन्छ।’
राजदूत एलेक्सेले रुसले तयार पारेको भ्याक्सिन यही नोभेम्बरबाट विश्व बजारमा उपलब्ध हुने जानकारी पनि गराएका थिए। ‘अहिले विश्वभरबाट यो भ्याक्सिनको अर्डहरु आइरहेका छन्’, उनले भने।
एलेक्सेले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि रुसले तयार पारेको भ्याक्सिनलाई मान्यता दिने विश्वास व्यक्त गरे।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19