काठमाण्डौ । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘प्रभु स्मार्ट फन्ड’का इकाइहरु फागुन १८ गतेदेखि बिक्री खुला गर्ने भएको छ। 

यो योजनाका १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइ बिक्री खुला गरिने भएको हो। कुल इकाइमध्ये १ करोड १२ लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १४ प्रतिशत इकाइ कोष प्रबर्द्धक प्रभु बैंकलाई र १ प्रतिशत वा ८ लाख इकाइ योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखिएको छ। बाँकी ६ करोड ८० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा ८० लाख इकाइका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

यो योजनाको निष्कासन बन्द छिटोमा फागुन २३ गते र ढिलोमा चैत ५ गते बैंकिङ समयपछि हुनेछ। 

यो बन्दमुखी योजना हो। यस योजनाको अवधि १० वर्षको हुनेछ।