काठमाण्डौ । सीडीएससीले ‘फ्री ब्यालेन्स’ रहेको यकिन गरेरमात्रै सेयर बिक्री गर्न लगानीकर्ताहरुलाई सचेत गराएको छ। 

वर्ल्ड इन्भेस्टर विक–२०२३का अवसरमा सचेतनामूलक सूचना प्रकाशित गर्दै सीडीएससीले यस्तो सचेत गराएको हो। ‘मेरो सेयरमा फ्री ब्यालेन्स रहेको यकिन गरेरमात्रै सेयर बिक्री गर्नुपर्छ’, सीडीएससीले भनेको छ।

सीडीएससीले तोकिएको समयभित्रै ईडीआईएस गर्न पनि लगानीकर्ताहरुलाई आग्रह गरेको छ। ‘अन्यथा क्लोजआउटबापत २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ’, सीडीएससीले भनेको छ। 

कारोबार गरेको भोलिपल्ट (टी प्लस वान)भित्र आफू बिक्री गरेको धितोपत्र सम्बन्धित ब्रोकरको पुल खातामा जम्मा गरिसक्नुपर्ने प्रावधान छ। 

त्यस्तै धितोपत्र कारोबारको राफसाफ फछ्र्यौट टी प्लस टु हुने भएकोले राफसाफ समयभित्र बिक्री गरेको धितोपत्र तथा खरिद गरेबराबरको रकम निर्धारित समयमा जम्मा गरिसक्नुपर्ने हुन्छ।