►धनकुमार राई
भुक्तभोगीहरु भन्छन्-"Markets rise on a wall of worry" । बजारमा सबै लगानीकर्ताहरुको एकै साथ एक मत रहँदैन र बजारमा बुलीस र बियरिसबीच द्वन्द्व चलिरहन्छ । एकै साथ सबै बुलिस असम्भव नै हुन्छ, त्यसैले बजारमा आशंका र चिन्ताहरुलाई छेउ लगाएर लगानीकर्ताहरुले लगानी शुरु गर्ने गर्दछन् भने शंकाको खुराक नै ती खरिदकर्ताहरुका लागि उपयुक्त बन्न पुग्दछ । यसैले खरीद र बिक्रीको सम्बन्धले बजारको जीवनचक्र चल्छ । यहाँ लगानीकर्ताहरुमा ब्याप्त आशा र शंकाकै कारण बजार बुल र बियर चक्र बनाउँदै बजारलाई पूर्णता पस्किरहेको हुन्छ ।
अध्ययनले बजार घट्ने क्रमभन्दा बढ्ने क्रम पाच गुणासम्म बढिरहेको देखाउँछ । यहाँ संसारको पुरानो बजार मध्येको S&P 500 लाई लिएर फोब्र्स(Forbes)मा प्रकाशित लेख अनुसार १९२० देखि २०१७ सम्मको अध्ययनले औसतमा ९७ महिनासम्मको बुल अवधि रहनसक्ने र औषतमा १५ महिना सम्मको बियर अवधि रहने देखिन्छ भने सो अवधिमा १५० प्रतिशतदेखि ९०० प्रतिशतसम्मको बृद्धि रेकर्ड गरिएको छ । यस्तै, ४० देखि ८० प्रतिशतसम्मको गिरावट पनि रेकर्ड भएको देखिन्छ ।
नेपाली बजारको सन्दर्भलाई अध्ययन गर्दा पछिल्लो ७५ महिनासम्मको बुलिस अवधिमा २९९ देखि १८८८ सम्मको उच्च रेकर्ड कायम भएको थियो भने त्यसपछिको ६ महिनामा बजारले १२०० बिन्दु सम्मको करेक्सन पूरा गर्दै फेरी १७५० नजिक पुर्याएर त्यसपछि निरन्तर १५ महिनासम्म बियर अवधि भोगिसकिएको अवस्था हो ।
माथिको अध्ययनलाई विश्वास गर्ने हो भने अब नेपाली बजारमा पनि बियर सेसन सकिएको र अब आउने कम्तीमा पनि २ वर्ष बुलिस प्रवृति नै रहने अनुमान गर्न सकिने देखिन्छ ।
यसरी हालको नेपाली बजारमा लगानीकर्ताहरुले परिस्थिति र भावनालाई सन्तुलनमा राखेर निर्णय गर्नु पर्दछ । यस्तो अवस्थामा बजारले आफ्नो दिशा सुनिश्चत गर्नुपूर्व नै बजारमा उपलब्ध उच्च प्रदर्शनकर्ता सेयरहरुलाई खरिद गर्दै खरीदको आधार तयार गर्न सके भविष्यमा नेपाली बजारमा प्राप्त हुने ट्रेण्डको फाइदा लिन सकिने निश्चित छ ।
(लेखक सेयर बजारका प्राविधिक विश्लेषक तथा अनुसन्धानकर्ता हुन्)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago