– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सेयर बजारमा प्राविधिक विश्लेषणको निकै चर्चा हुने गर्छ।
नेपाली सेयर बजारमा प्राविधिक विश्लेषणको इतिहास नयाँ–नयाँ भए पनि अमेरिका, जापानलगायतका विकसित मुलुकहरुमा प्राविधिक विश्लेषणको प्रयोग सयौँ वर्षपहिले हुँदै आएको छ। सेयर बजारको प्राविधिक विश्लेषणमा विभिन्न औजारहरुको प्रयोग हुन्छ। जसले अल्पकालीन र दीर्घकालीन समयको प्रतिनिधित्व गर्छन्।
अल्पकालीन समयमा पनि सबैभन्दा छिटो संकेत दिने औजार भनेको क्यान्डल स्टिक विश्लेषण हो । आज हामीले क्यान्डल स्टिकको एउटा प्याट्रनका बारेमा यहाँ व्याख्या गरेका छौँ। जापानिज भाषामा ‘हरामी’ को अर्थ ‘गर्भवती महिला’ भन्ने बुझिन्छ। जब क्यान्डल स्टिकको प्याट्रन बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा ‘गर्भवती महिला’ जस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल भनिन्छ। दुईवटा क्यान्डलमा पहिलो क्यान्डलमा आमाको आकृति र दोस्रो क्यान्डलमा बच्चाको जस्तो देखिन्छ (हेर्नुहोस् तस्बिरमा)। यस्तो आकृतिलाई बुलिस हरामी र बियरिस हरामी भन्ने गरिन्छ।
बुलिस हरामी चार्टको न्यून विन्दुमा बन्ने गर्छ। यदि रातो लामो क्यान्डलको ठीक पछाडि छोटो हरियो क्यान्डल बन्छ भने त्यसलाई बुलिस हरामी भनिन्छ (हेर्नुहोस् तस्बिरमा)। यसले बजारको ट्रेन्ड परिर्वतनको संकेत गर्छ । यस्तो अवस्थामा खरिदकर्ता हावी भएका हुन्छन्।
यसविपरीत यदि पहिलो क्यान्डल लामो हरियो र दोस्रो क्यान्डल छोटो रातो बन्छ भने यसलाई बियरिस हरामी भनेर बुझिन्छ । यस्तो आकृति चार्टको माथि बन्छ र बिक्रीकर्ता हावी भएका हुन्छन्। यसले पनि बजारको ट्रेन्ड परिवर्तनको संकेत गर्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19