-भक्तराज रसाइली
काठमाण्डौं । वि.सं.२०६४ साल मंसीर २४ गते नेपाल धितोपत्र बोर्डद्वारा ब्रोकर लाइसेन्स प्राप्त ४२ नम्बरको शनि सेक्युरिटिज कम्पनी लिमिटेडले ब्रोकरेज सेवामार्फत सेयर खरिदबिक्रीमा फरक पहिचान बनाएको ब्रोकर हाउसको रुपमा चिनिन्छ ।
यस कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौंस्थित जमल राष्ट्रिय नाचघरमा दोस्रो तलामा रहेको छ ।
२०७२ सालमा यो ब्रोकर हाउस सन्तोष पौडेलले खरिद गरेका हुन् । यस कम्पनीको चुक्तापूँजी २ करोड रहेकामा हाल रहेका ५० वटा ब्रोकरमध्ये उमेरमा सबैभन्दा कान्छा २९ वर्षीय सन्तोष पौडेलले हाँकिरहेका छन् ।
पौडेल स्टक ब्रोकर एसोसिएसन अफ नेपालका सचिव समेत हुन् ।
कम्पनीले डीपी सेवाको सुरुवात भने २०७१ साल पुस २ गतेबाट सुरु गरेको हो ।
यो ब्रोकर हाउसले उपत्यका बाहिर नारायणघाटस्थित शहीदचोकमा पनि दुर्गम कार्य स्टेसनका रुपमा सेयर लगानीकर्ताहरुलाई सेयर खरिदबिक्री र डीपी सेवा उपलब्ध गराउँदै आइरहेको छ । नेपाल धितोपत्र बोर्डमा उपत्यका बाहिर ब्रोकर शाखा सञ्जाल विस्तार गर्न बुटवल, पोखरा, टाँडी चितवन र कावासोतीका लागि आवेदन दिएको कम्पनीले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डद्वारा निर्देशन भएबमोजिम सेयर किनबेच, राफसाफ, डीपी सेवा छिटोछरितो रुपमा सेवा दिइरहेको सेयर ब्रोकर सन्तोष पौडेल बताउँछन् । बिहान ९ः३० देखि बेलुकी ६ बजेसम्म ग्राहकहरुलाई सेवा दिइरहेको सेक्युरिटिजले मूल ढोकामा ४२ इञ्चको टीभीमार्फत र भित्र प्रोजेक्टरमार्फत नेप्सेको बजारमूल्य सम्बन्धी अपडेट दिइरहेको छ ।
मूल ढोकाबाहिर टीभीमा डिस्प्ले राख्नुका कारण चाहि आउनेजाने ग्राहक र बजारबारे बुझ्न खोज्न इच्छुकहरुलाई जानकारी दिने हेतूले राखिएको पौडेलको दाबी छ ।
अनलाइन प्रणालीमा क्रेज बढेपछि पौडेलले ५ वटा कम्प्यूटर र ल्यापटप ल्याएर वायर कनेक्टिभिटि गरी ट्रेडिङ्ग गर्न लगानीकर्ताहरुलाई सहज होस् भन्ने हेतूले सोच बनाएको खुलासा गरे ।
ग्राहकहरुको व्यस्ततालाई मध्यनजर गर्दै शनि सेक्युरिटिजले सेयर बेचेका ग्राहकको बैंक खातामा नै जम्मा गरिदिने सुविधा दिने गरेको कम्पनी बताउँछ ।
डीपीमा १० हजार ग्राहक बनाइसकेको र हाल केवाइसी अपडेट ६ हजार बढीको गरेको कम्पनीको भनाइ छ । ४२ नम्बर ब्रोकरबाट सेयर खरिदबिक्रीका लागि संस्थागत लगानीकर्ताहरुको हकमा १ सयजना भन्दा बढी रहेको कम्पनीको भनाई छ ।
सेयर खरिदबिक्रीको मुख्य जिम्मेवारी पाएको ब्रोकर नम्बर ४२ बाट हालसम्मको रेकर्डअनुसार दैनिक टर्नओभर अधिकतम ४० करोड र न्यूनतम २५ लाख रुपैयाँ भएको पौडेलको दाबी छ ।
४२ नम्बर ब्रोकर हाउसमा दैनिक २ जना बढीको ओहोरदोहोर हुने भए पनि ५० जना भने अफिसमै बसिरहने लगानीकर्ताहरु रहेका छन् ।
आफ्नो ब्रोकरबाट आगामी दिनमा पोर्टफोलियो म्यानेजमेन्ट, परामर्शदाता, मार्जिन ल्याण्डिङ्ग लगायतका सुविधा सेयर लगानीकर्ताहरुलाई दिन इच्छुक रहेको उल्लेख गर्दै पौडेलले भने–‘परामर्शदाताका रुपमा कार्य गर्न अनुमति पाए उच्च प्रोफेसन टिममार्फत परामर्श सेवा दिने इच्छा छ ।’
आफ्नो ब्रोकर अफिसमा समयसापेक्ष थप सेवासुविधा ग्राहकहरुलाई दिलाउने सोच राखेका पौडेलले लगानीकर्तामैत्री बनाउने विषयमा आफू निकै संवेदनशील रहेको बताए ।
सेयर मार्केटमा आएका नयाँ नयाँ प्रविधि र अभ्यास आउँदा आफैंले ब्रोकर हाउसमा तालिम र कक्षा सञ्चालन गरिरहेको पौडेलको भनाइ छ ।
यसैबीच, हामीले त्यहाँ भेटेका केही लगानीकर्ताहरुलाई ४२ नम्बर ब्रोकरबाट पाएका सेवासुविधाका विषयमा जान्ने प्रयास गरेका छौं ।
मनहरि खनाल(वर्ष ६८)-सामाखुशी
म सुरुदेखिकै ग्राहक हुँ । म खानेपानी संस्थानको रिटायर्ड कर्मचारी हुँ र सेयर बजारमा लगानी गर्दै आएको छु । मलाई उहाँहरुमाथि पूर्ण विश्वास छ । आर्थिक लेनदेनमा उहाँहरुको लचकता छ र व्यवहारिक रुपमा सहज पनि हुनुहुन्छ । यहाँका कर्मचारीहरुले बुवा भनेर सम्मानपूर्वक सेवा दिइरहँदा निकै खुशी लाग्छ । कर्मचारीको व्यवहार अत्यन्त राम्रो छ । तर, नयाँ अनलाइन प्रणालीका विषयमा सिक्ने इच्छा चाहि अझै पूरा भएको छैन।
राममाया पाण्डे-असन
हाम्रो महाबौद्धमा घडीको होलसेल छ र यहाँ दिउँसो सेयर खरिदबिक्रीमा आउने गरेको छु । यहाँबाट सेवा लिएको पनि ५ वर्ष भइसक्यो । यहाँ रहनु हुने स्टाफको काम गर्ने तरिका, सेवा र बोलीचाली राम्रै भएका कारणले मलाई ४२ नम्बर नै मनपर्छ । नयाँ प्रवेशीहरुलाई सजेसन डेस्कमार्फत सेयरबारे जानकारी यहाँबाट दिनसके राम्रो हुन्थ्यो जस्तो लाग्छ ।
पुरुषोत्तम महर्जन(२९ वर्ष)-पेप्सीकोला
म सेयरमार्केटमा हाल फूलटाइम लगानीकर्ता हँु । विगत २ वर्षदेखि यहाँबाट आफूले ब्रोकर सेवा लिइरहेको छु रसहयोगी भूमिकामा रहेकाले म एकदम सन्तुष्ट छु ।
(आदरणीय पाठक, यहाँहरुको निरन्तर सपोर्टप्रति हामी आभारी छौ । हामीले सेयर लगानीकर्ताहरुलाई ब्रोकरेज सेवा लिनका लागि आवश्यक ब्रोकर छनौटमा सहजता होस् भनेर यो सातादेखि ब्रोकर वाच स्तम्भको सुरुवात गरेका छौ । यो स्तम्भ हरेक मंगलबार साँझ प्रकाशन हुनेछ । यो स्तम्भअन्तर्गत हामीले समेटे बाहेकका ब्रोकरसँग सम्बन्धित कुन कुन कुरा(सूचना) समावेश गर्दा तपाई पाठक(लगानीकर्ता) बढी लाभान्वित बन्नुहोला, कुनै सुझाव भए हामीलाई इमेल, फोन वा फेसबुक पेजमा पनि इनबक्स गर्न सक्नुहुन्छ।)
-सम्पादक
bizshala@gmail.com, phone :01-5199533
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19