काठमाण्डौ । विश्व स्वास्थय संगठनको क्यान्सर प्रोग्रामका पूर्वनिर्देशक प्राध्यापक करोल सिकोराले कोरोनाभाइरसका विषयमा एउटा ठूलो दाबी प्रस्तुुत गरेका छन्।

सिकोरोले विश्वमा कोरोनाविरुद्धको भ्याक्सिन आउनुुपूर्व नै यो भाइरस हराउने दाबी गरेका हुन्। उनले भ्याक्सिन विकास हुुनुुपूर्व नै यो भाइरस आफैँ नै हराएर जाने बताएका छन्। 

सिकोरोले विश्वभर कोरोनाको एउटै प्यार्टन देखिएको र मानिसहरुमा अनुुमान गरिएको भन्दा धेरै प्रतिरोधात्मक क्षमता देखिएको आशंका गरेका छन्। उनले यो भाइरसको गतिलाई निरन्तर रुपमा कम गर्दै जानुुपर्ने र पछि यो आफैँ कमजोर हँुुदै जाने सम्भावना रहेको औँल्याएका छन्। उनले भने, “हामीले दूरी कायम गरिराख्नुुपर्छ र भविष्यमा आँकडा राम्रो बन्नेछ भनेर आशावादी बन्नुुपर्दछ।” 

यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले लामो समयसम्मका लागि कोरोनाभाइरसको उपचार भ्याक्सिनमात्रै भएको बताएका थिए। उनले कोरोना विरुद्धको भ्याक्सिन कहिल्यै पनि पत्ता लाग्न नसक्नुु ठूलो दृर्भाग्य हुुन सक्ने बताएका थिए। – एजेन्सी