काठमाण्डौ । नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८ हजार मिटर माथिका ५ हिमाल चढ्न जाँदै छिन्।

पूर्णिमाको यस प्रयासलाई सम्मान तथा साथ दिँदै ‘आइएमई’ र ‘आइएमई पे’ले पूर्णिमाको आरोहण अभियानमा आर्थिक सहयोग गर्ने भएको छ।

विश्वका सबैभन्दा उच्च १४ वटा शिखर चढ्ने लक्ष्य राखेकी पूर्णिमाले काराकोरम हिमशृंखलाको ५ विभिन्न शिखर आरोहण गर्ने क्रममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु पनि आरोहण गर्न लागेकी हुन्।  ७५ दिन लामो सो आरोहण यात्रा जेठ ३० पश्चात् सुरु भइसकेको छ। 

संसारको १४ उच्च शिखर आरोहण गर्ने नेपाली नारी हुने तथा युवा तथा महिला सशक्तीकरण गर्ने लक्ष्यका साथ पूर्णिमाले आफ्नो यो आरोहण यात्रा सुरु गरेकी हुन्। फोटो पत्रकारसमेत रहेकी पूर्णिमाले ६ वर्षअघि पर्वतारोहणको यात्रा सुरु गरेकी हुन्। उनले नेपालमा रहेका ८ हजार मिटर अग्लो ७ वटा शिखर आरोहण गरिसकेकी छिन्। 

आइएमई लिमिटेड 

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २३औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम छिटो, छरितो, विश्वसनीय र सुरक्षित तबरबाट देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा पुर्याउँदैं आइरहेको छ। 

आइएमई पे 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसनद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछर्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। 

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुका मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ। 

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।