काठमाण्डौ । सीडीएससीको ‘मेरो सेयर’ एप अब आईओएस भर्जनमा पनि सञ्चालन हुने भएको छ। 

यसअघि मेरो सेयर एप एन्ड्रोइड अपरेटिङ सिस्टममा मात्रै सञ्चालन हुँदै आएको थियो। 

अब भने मेरो सेयर एप आईओएस अपरेटिङ सिस्टमका लागि तयारी गरी एप्पल एप स्टोरमा उपलब्ध गराइएको सीडीएससीले जनाएको छ।

आईओएसका प्रयोगकर्ताले आफ्नो मोबाइलको एप स्टोरमा गई मेरो सेयर सर्च गरी सीडीएससीको लोगो अंकित आइकन भएको तथा सेलर इन्फरमेसनमा सीडीएस एन्ड क्लेयरिङ लेखिएको एप डाउनलोड गरी प्रयोग गर्न सीडीएससीले आग्रह गरेको छ।