काठमाण्डौ । नेपालको सेयर बजार पछिल्लो २ वर्षदेखि सुस्ताएको छ। विभिन्न नीतिगत व्यवस्थाले बजार माथि उठ्न सकिरहेको छ।
बजार सुस्ताए पनि नयाँ लगानीकर्ता भित्रिने क्रम भने बढ्दै गएको पाइएको छ। सीडीएससीकै पछिल्लो तथ्यांक हेर्ने हो भने मेरो सेयर प्रयोगकर्ताको संख्या ४९ लाख माथि पुगेको छ। आजसम्म मेरो सेयर लिनेको संख्या ४९ लाख १० हजार ३७६ रहेको छ।
हाल आईपीओ भर्न मेरो सेयर अनिवार्य नै रहेको छ। मेरो सेयर लिएपछि मात्रै आईपीओ भर्न पाइन्छ।
उता डिम्याट अकाउन्ट खोल्नेको संख्या पनि बढिरहेको छ। हालसम्म सीडीएससीको तथ्यांकअनुसार ५८ लाख ४८ हजार ७७३ वटा डिम्याट अकाउन्ट खुलेका छन्।
त्यसो त सीडीएससीले निष्क्रिय रहेका १५ लाख आसपासको डिम्याट अकाउन्ट बन्द गर्ने तयारी पनि गरिरहेको छ। यसबारेमा सीडीएससीले अध्ययन गरिरहेको छ।
सीडीएससीका अनुसार हाल डिम्याट अकाउन्ट ११ अर्ब २ करोड ३१ लाख ६७ हजार ७१७ कित्ता सेयर रहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19