काठमाण्डौ । ‘मेरो सेयर लगइन नै भएन’, ‘मेरो सेयर रिन्यूू नै भएन’, ‘मैले मेरो सेयर कति छ भनेर हेर्न पनि पाइँन ।’ 

गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन भएकाले यस्ता गुनासा सामाजिक सञ्जालमा लगानीकर्ताहरुले केही समयदेखि पोख्दै आएका छन् । 

तर, यही लकडाउनकै बीच एनआइसी एसिया बैंकको सहायक कम्पनी एनआइसी एसिया क्यापिटलले ‘मेरो सेयर’को सुुविधा रिन्यूू आजदेखि गर्न थालेको छ । 

स्टक ब्रोकर कम्पनीका डीपी र अन्य मर्चेन्ट बैंकहरुले ‘मेरो सेयर’ सुुविधा विगत डेढ महिनाभन्दा बढी समयदेखि लकडाउन भएका कारण लगानीकर्ताहरुले ‘मेरो सेयर’ लगइन गरी आफ्नो सेयर विवरण हेर्नबाट बञ्चित हुँदै आएका थिए । 

एकलाख ८५ हजारभन्दा बढी डिम्याट खाता आबद्ध रहेको एनआइसी क्यापिटलले आजबाट विभिन्न अनलाइन माध्यमद्वारा ‘मेरो सेयर’ सुुविधा रिन्यूू धमाधम गर्न थालेको क्यापिटलका सीइओ रमन रायमाझीले जानकारी दिए । 

कनेक्ट आइपीएस, खल्ती र ईसेवाबाट ‘मेरो सेयर’को अनलाइन सुुविधा रिन्यूूका लागि आएका अनुुरोधलाई आजैबाट एप्रूूभ गर्न थालिएको उनले बताए । 

लगानीकर्ताले आफ्नो नाममा रहेको सेयर विवरण, रियल टाइम भ्यालूू, आइपी तथा हकप्रद आवेदन, डिबेञ्चर आवेदनलगायतका सुुविधा रहेको ‘मेरो सेयर’ अनलाइन पोर्टलको वार्षिक नवीकरण शुुल्क ५० रुपैयाँ तिर्नुुपर्छ।

हाल २ हजारभन्दा धेरै ‘मेरो सेयर’ रिन्यूूको अनुुरोध आइसकेको उल्लेख गर्दै रायमाझीले सम्पत्ति हेर्न र आत्मविश्वासका लागि भए पनि लकडाउनका बीचमा रिन्यूू एप्रूूभ गरेको दाबी गरे । 

‘लालपूूर्जा सिरानीमुुनि राखेर सुुत्दा आनन्द आउँछ, त्यसैगरी यो कठिन घडीमा लगानीकर्ताहरुले आफ्नो सम्पत्ति विवरण सहजरुपमा हेर्न सक्नुुहोस् र आत्मविश्वास अभिवृद्धि होस् भन्ने हेतुुले यो प्रयास गरेका हौं।’-उनले बिजशालासँग भने ।

नेप्सेले बैशाख २६ गतेदेखि धितोपत्र कारोबार सुुचारु हुुने र पूूर्वतयारी अवस्थामा रहन दिएको निर्देशनबमोजिम ‘मेरो सेयर’ रिन्यूू एप्रूूभ गर्ने फिडब्याक पनि आएकाले लकडाउनका बीच धमाधम एनआइसी क्यापिटल डीपीमा रहेका ‘मेरो सेयर’ रिन्यूू गरेको रायमाझीको भनाइ छ ।