काठमाण्डौ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड(सीडीएससी)ले हालैदेखि ‘मेरो सेयर’ पोर्टलमार्फत आइपीओ, एफपीओ र हकप्रद सेयर आवेदन गर्दा ओटीपी(वान टाइम पासवर्ड)का सट्टामा पिन कोडको व्यवस्था गरेको छ ।
आइपीओ, एफपीओ र हकप्रद सेयर आवेदन गर्दा सुनिश्चिताका लागि पिन कोड आवश्यक पर्दछ । सो पिन कोड प्रयोगकर्ताहरुले अनिवार्य रुपमा याद गर्नुपर्छ । स्थायी रुपमा आवश्यक सो ४ डिजिटको पिन कथमकदाचित बिर्सेमा कसरी प्राप्त गर्ने ? लगानीकर्ताहरुमा अन्यौल देखिएको छ । त्यही अन्यौललाई हामीले समाधानको प्रयास गरेका छौं।
सर्वप्रथम ‘मेरो सेयर’ पोर्टलमा लगइन गर्नुपर्छ । लगइन खोलिसकेपछि दायाँ साइडको माथिल्लो कुनामा पासपोर्ट साइजको मानव आकृति तपाईँले देख्न सक्नुहुन्छ । सो आकृतिमा क्लिक गर्नुहोस् । क्लिक गरिसकेपछि तपाईँको नाम र त्यसैमुनि मेरो सेयर प्रोफाइल अंगे्रजी ठूला अल्फाबेटमा देख्नुहुनेछ । सोही मेरो सेयर प्रोफाइलमा अब क्लिक गर्नुहोस् । प्रोफाइलभित्र आफ्नै प्रोफाइल, चेन्ज पासवर्ड, चेन्ज ट्रान्जेक्सन पिन र एक्टिभिटी लगका ४ अप्सन देख्न सक्नुहुन्छ ।
तपाईँले पिन कोड भुल्नु भएका कारण चेन्ज ट्रान्जेक्सन पिनमा गई क्लिक गर्नुहोस् । यसपछि ३ वटा बक्स देखिनेछन् । पहिलो बक्समा पासवर्ड, न्यू ट्रान्जेक्सन पिन र कन्फर्म ट्रान्जेक्सनका ३ वटा बक्स क्रमशः भर्दै जानुहोस् ।
पहिलो बक्समा पासवर्ड भन्नाले तपाईँले ‘मेरो सेयर’ पोर्टलको अग्रभागमा हाल्नुभएको पासवर्ड अर्थात् ‘मेरो सेयर’ लगइन गर्दा प्रयोग गर्दै आइरहनु भएको पासवर्ड नै राख्नुहोस् ।
अब दोस्रो बक्समा गई तपार्इँले नयाँ ट्रान्जेक्सन पिन हाल्नुपर्छ र तेस्रो बक्समा पनि अघि दोस्रो बक्समा राख्नु भएकै नयाँ ट्रान्जेक्सन पिन राख्नुहोस् । अनि चेन्ज ट्रान्जेक्सन पिनमा क्लिक गरेपछि तपाईँको पिन रिसेट अर्थात् नयाँ पिन सेट हुन्छ । अब भने सो पिन कसैलाई पनि नभन्नुहोस् र सो पिन भविष्यमा पनि प्रयोग गर्नुपर्ने भएका कारण सुरक्षित साथ राख्नुपर्छ ।
तपाईँलाई हामीले सिकाएको विधि सहज लाग्यो भने लाइक, सेयर कमेन्ट गर्नुहोस् ताकि तपाईँजस्तै अन्य प्रयोगकर्ताले पनि यो विधिबारे जानकार भई फाइदा पाउन सक्नुहोस् । यदि यो विधिका बारे केही अन्यौल भएमा तल कमेन्ट गर्नुहोला । हामी मद्धत गर्नेछौं ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago