युवाहरुले मदिराजन्य पदार्थमा इनर्जी ड्रिकं मिसाएर खानु कोकीन खाए बराबर हुने नयाँ अध्ययनले देखाएको छ ।

कोकीनले युवा मस्ष्किमा जस्तो प्रतिकृया गर्दछ ठिक त्यस्तै मदिरा र इनर्जी ड्रिकंले गर्ने अध्ययनको दावी छ । अध्ययनका अनुसार जस्तै भोड्कामा रेडबुल को मिश्रणले पनि खराब प्रतिकृया गर्नसक्छ ।  अध्ययनमा भनिएको छ ‘यस्तो प्रतिकृया क वर्गको औषधीहरु जस्तो हुन्छ । जसमा विनासकारी रसायनको सन्तुलनमा मिश्राण बनेको हुन्छ जसको असर बृद्ध अवस्थामा देखिन्छ ।’

पुरदुए विश्वबिद्यालयका अनुसन्धान टोलीले गरेको अध्ययनमा के कुरा पत्ता लागेको छ भने युवाहरुले अल्कोहलमा इनर्जी ड्रिकं मिसाएर पिएपछि कोकीनको थोरै मात्राले पनि बढि र उस्तै असर गर्दछ । अनुसन्धानका मुख्य लेखक, मोलुकुलर फर्माकोलोजी तथा मेडिकल केमेष्ट्रिका सहायक प्रा.डा.भान रिज्नका अनुसार यसरी मदिराजन्य पदार्थमा इनर्जी ड्रिकं मिसाएर सेवन गर्दा युवाहरुको मस्तिष्कको न्युरोकेमेष्ट्रिमा दुइवटा संगसंगै निश्चित धक्काहरुको परिवर्तन ग१दिन्छ ।

उनले भने ‘हामीले निरन्तर यस्तो मिश्राण पेय पदार्थ सेवन गर्दा हुने प्रतिकृयावारे स्पष्ट अध्ययन गरीसकेका छौं ।’

अहिले अध्ययनकर्ताहरुले त्यस्तो असर मदिराजन्य पदार्थमा पाइने अल्कोहलको मात्रा र इनर्जी ड्रिकंमा पाइने विभिन्न रसायनहरुको मात्राले कति प्रभाव पार्दछ र युवाहरुको मस्तिष्कमा कसरी असर गरीरहेका छ भन्ने बिषयमा थप अध्ययन गरीरहेको बताइएको छ ।

अध्ययनकर्ताहरुले कोकीन र मोर्फिनका लतमा लागेकाहरुको मस्तिष्कमा प्रोटिनको खतरापुर्ण तहबारे पनि अध्ययन गरेका छन् । प्रोटिनले मस्तिष्कमा दीर्घकालिन रुपमा परिवर्तन गर्न रसायनहरुको सन्तुलन गर्ने कार्य गर्दछ । 

-Agency/Hamrodoctor