काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालिन हुने ‘लक्ष्मी भ्यालु फन्ड-२’का इकाइहरु साउन ५ गतेबाट बिक्री खुला गरिने भएको छ। 

यो म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइ बिक्री खुला गरिन लागेको हो। कुल इकाइमध्ये १ करोड २० लाख इकाइ वा कुल बिक्री भएको इकाइको १५ प्रतिशत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ६ करोड ८० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेको यो म्युचुअल फन्डमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम ८० लाख इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। यसमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिने पाइने व्यवस्था गरिएको छ। 

यो १० वर्षे बन्दमुखी योजनाका इकाइहरुको निष्कासन बन्द छिटोमा साउन ९ गते र ढिलोमा साउन १९ गते बैंकिङ समयपछि हुनेछ।