काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालिन हुने ‘लक्ष्मी भ्यालु फन्ड–२’का इकाइहरु आज भदौ ४ गते बाँडफाँड गरिएको छ। 

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको कार्यालयमा आज यो म्युचुअल फन्डका इकाइहरु बाँडफाँड गरिएको हो। 

गत साउन ५ गतेदेखि साउन साउन १९ गतेसम्म यो योजनाका इकाइहरु बिक्री खुला गरिएको थियो। यो म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइ बिक्री खुला गरिएको थियो। निर्धारित समयावधिभित्र नै सतप्रतिशत इकाइ बिक्री भएको क्यापिटलले जनाएको छ। 

कुल इकाइमध्ये १ करोड २० लाख इकाइ वा कुल बिक्री भएको इकाइको १५ प्रतिशत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ६ करोड ८० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।