काठमाण्डौ । लक्ष्मी सामूहिक कोषअन्तर्गत सञ्चालित हुने ‘लक्ष्मी भ्यालु फन्ड–२’का इकाइहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। 

यो योजनाका इकाइहरु सूचीकृत गर्न योजना व्यवस्था लक्ष्मी क्यापिटल र नेप्सेबीच आज सम्झौता भएको हो। 

सम्झौताअनुसार यो योजनाका १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइ सूचीकृत भएको छ। 

यो योजनाका इकाइहरु अब आइतबारबाट कारोबारमा आउनेछन्। यो योजनाका इकाइहरु कारोबारका लागि नेप्सेले एलभीएफ२ संकेत प्रदान गरेको छ।