काठमाण्डौ । कुनै मनमौजी, तर सफल लगानीकर्ता जब उसको अनुभव सेयर गर्छ भने उसलाई तपाईले चूपचाप सुन्नुपर्ने हुन्छ । नेपालमा यस्ता लगानीकर्ता निकै कम छन्, तर भारतमा राकेश झुनझुनवालालाई यस्तै लगानीकर्ताको रुपमा हेरिन्छ ।
उनले सेयर बजारमा ५ हजार भारुबाट लगानीको सुरुवात गरेका थिए र आजको उनको लगानीको साम्राज्य अरबौं रुपैयाँको छ ।
पछिल्लो केही वर्षमा झुनझुनवालाले भारतकै सबैभन्दा धनी र स्मार्ट सेयर लगानीकर्ता तथा कारोबारीको पहिचान बनाएका छन् । उनलाई अक्सर भारतको वारेन बफेट पनि भन्ने गरिन्छ ।
हालै भारतमा आयोजित एक आर्थिक सम्मलेनमा झुनझुनवालाले भनेका छन्–‘कारोबार भनेको निकै तीव्र गतिविधि हो । यदि मलाई कसैले विकल्प दिन्छ भने म मेरो सबै पैसा कारोबारबाट निकाल्न चाहन्छु, तर यस्तो संभव नहुँदो रहेछ । किनभने तपाईले यसमा पैसा गुमाउनु पनि हुन्छ । मैले पनि कैयन पटक पैसा गुमाएको छु । कारोबार गर्ने काम सहज छैन ।’
सेयरलाई बुझ्ने क्षमता
सेयर बजारको उतारचढावको बीच वास्तवमै झुनझुनवालाले सन् १९९२ को सर्ट सेलिङबाट कसरी औधी पैसा कमाए भन्ने कुरा सेयर गरेका छन् । उनले भनेका छन्–‘४० देखि १०० को बीचमा सर्ट सेलिङ सुरु गरेँ । त्यसपछि त्यसबेला बिएसआईका कार्यकारीले मलाई बोलाए र आफनो ब्याज फिर्ताको धम्की दिए ।’ उनले मबाट ३५०० मा बोलाए र ३००० मा पनि बोलाए । अन्ततः जब इण्डेक्स २२०० मा थियो, त्यसबेला मैले उनलाई भने कार्यकारी जी यदि प्रत्येक स्टेजमा मलाई हटाउनुको साटो मलाई साथ दिनुभएको भए आज तपाईलाई खुशी हुने थिएन होला ?’
पत्नी र प्रेमिकाको सिद्धान्त
राकेशले हमेसा बुलिस प्रवृतिको जस्तै कमाई गरे । यो नै उनको सफलताको निकै ठूलो राज समेत हो । उनले भनेका छन्–‘स्टक मार्केटमा ९० प्रतिशत पैसा बुल बनेरै कमाउने हो । तपाई ठूलै बुल हुन आवश्यक नहोला, तर बुल नभई पनि हुँदैन । झुनझुनवाला मार्केट गुरुको साथै चार्टर्ड अकाउन्टेन्ट पनि हुन् ।’
एक सफल कारोबारी र लगानीकर्ता बनेपछिको आफ्नो अनुभव सेयर गर्दै उनले भनेका छन्–‘कारोबार र लगानी भनेको एक किसिमले एकातर्फ पत्नी र अर्कोतर्फ प्रेमिका राखेजस्तै हो । तपाईले दुवैलाई सम्हाल्न सक्नुहुन्छ । तर, यसका लागि दुवैलाई एकअर्कासँग टाढै राख्नुपर्छ । कसैलाई पनि एकअर्काको विषयमा थाहा हुनुहुँदैन ।’
धरातललाई नभूल्नू
झुनझुनवालाले पछिल्ला केही वर्षमा धेरै सबक सिकेका छन् । जस्तै पत्नी वा मार्केटसँग बहस नगर्नु, मार्केटमा भोलाटिलिटीको भविष्यवाणी गर्नु बच्चाको रिएक्सन पत्ता लगाउनु भन्दा सजिलो छ, र सफलतालाई हमेसा विनम्रताका साथ स्वीकार गर्नुपर्छ । उनले भनेका छन्–‘तपाई कहाँबाट आउनुभएको हो, यसलाई नभूल्नुहोस् । तपाई जस्तो होइन, त्यस्तै देखाउन वा देखिने कोशिश नगर्नु नै वेस हुन्छ । यो याद राख्नुहोस् कि सबैभन्दा ठूलो गल्ती सबैभन्दा राम्रो समयमै हुन्छ । सर्ट सेलिङको समयमा तपाईले केही करोड कमाउनुभयो भने सबै वर्ष त्यति नै कमाई हुन्छ भन्ने छैन । यसकारण जब तपाईलाई सफलता प्राप्त हुन्छ, यो नसम्झनुहोस् कि त्यो सधैं जारी रहन्छ । तर, यसलाई निरन्तर राखिरहने कोशिश चाहि सधैं नै गर्नुहोस् ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago